राष्ट्रियसभा निर्वाचनः बागमती प्रदेशमा दुई मतदान केन्द्र तोकियो

  गौरीशंकर टाइम्स सम्वाददाता  117 पटक हेरिएको

काठमाडौं । राष्ट्रिय सभा निर्वाचनको लागि बागमती प्रदेशमा दुई मतदान केन्द्र तोकिएको छ । बागमती प्रदेशका लागि हेटौँडा–४ स्थित भुटनदेवी माध्यमिक विद्यालयको नयाँ भवनमा २ वटा मतदान केन्द्र स्थापना गरी राष्ट्रिय सभा निर्वाचन गरिन लागेको हो ।

निर्वाचन अधिकृत श्रीप्रसाद सञ्जेलका अनुसार हेटौडास्थित भुटनदेवि माध्यमिक विद्यालयको नयाँ भवनमा राष्ट्रिय सभाको निर्वाचन गरिने जानकारी दिनुभयो । मतदानका लागि प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख तथा उपप्रमुखलाई छुट्टाछुट्टै केन्द्रको व्यवस्था गरिएको र मतपत्र समेत छुट्टै हुने गरी बुथको व्यवस्थापन गरिएको निर्वाचन अधिकृत सञ्जेलले जानकारी दिनुभयो ।

निर्वाचनका एक मतदान केन्द्रमा ४ वटा गरी कुल ८ वटा बुथको व्यवस्था गरिएको छ । मतदान अधिकृत समेत तोकिएको र मतदान स्थल व्यवस्थापनका लागि एउटा बुथमा १० जना गरी कुल २० जना कर्मचारीको व्यवस्था गरिएको छ ।

राष्ट्रिय सभाको निर्वाचन माघ ११ गते बिहान ९ बजेदेखि अपराह्न ३ बजेसम्म हुदैँछ । निर्वाचनमा सुरक्षाका लागि ३ सय ७० जना सुरक्षाकर्मी खटाईने भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार