दोलखाको दशौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सिंगटीमा शुरु

  गौरीशंकर टाइम्स संवाददाता  87 पटक हेरिएको

दोलखा । दोलखाको उत्तरी प्रशासन सिंगटीमा दशौ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । जिल्ला खेलकुद विकास समितिको आयोजना र बिगु गाउँपालिकाको सहआयोजनामा भएको दशौ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सिंगटीमा शुरु भएको हो ।

जिल्ला खेलकुद विकास समिति दोलखाका अध्यक्ष रामहरि शिवाकोटीकोे अध्यक्षतामा सम्पन्न प्रतियोगिताको उद्घाटन समारोह प्रतिनिधिसभा सांसद गंगा कार्कीले उद्घाटन गर्नुभयो । उद्घाटन समारोहमा जिल्ला समन्वय समितिका प्रमुख बर्जुराम घतानी, भीमेश्वर नगरपालिकाका प्रमुख इश्वर मानन्धर, जिरी नगरपालिकाका नगर प्रमुख मित्रबहादुर जिरेल, विगु गाउँपालिकाका अध्यक्ष सन्जिव ओलि, गौरीशंकर गाउँपालिकाका अध्यक्ष विश्वास कार्की, कालिञ्चोक गाउँपालिाकाका अध्यक्ष अर्जुन शिवाकोटी, शैलुङ गाउँपालिकाका अध्यक्ष रिमालबाबु श्रेष्ठ, मेलुङ गाउँपालिकाका अध्यक्ष हिरा थोकर, तामाकोशी गाउँपालिकाका उपाध्यक्ष सिर्जना खड्का सुवेदी लगायतका जनप्रतिनिधि, राजनीतिक दलका नेता तथा विभिन्न सामाजिक संघसंस्थाका प्रतिनिधिहरुको सहभागीता थियो ।

मंगलबारदेखि सुरु भएको प्रतियोगितामा भलिबल, दौड, कपर्दी, हाईजम्प, ट्रिपल जम्प, सटफुट, ज्याबलिङ थ्रो लगायतका खेल हुने आयोजकले जनाएको छ । जिल्लाका ९ वटै स्थानीय तह सहभागीता रहेको खेलमा कक्षा १२ सम्म अध्यययनरत १८ वर्ष ननाघेका बिद्यार्थीहरुबीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ । यस प्रतियोगिता माघ १३ गतेसम्म विगु गाउँपालिका–४, सिंगटीमा सञ्चालन हुनेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार