सातै प्रदेशमा राष्ट्रियसभा निर्वाचन सम्पन्न

  गौरीशंकर टाइम्स संवाददाता  28 पटक हेरिएको

काठमाडौँ । राष्ट्रियसभा सदस्यको निर्वाचन सातै प्रदेशमा सम्पन्न भएकोछ । राष्ट्रियसभाको फागुन २० गतेबाट रिक्त हुन लागेका २० मध्ये १९ पदमा बिहीबार निर्वाचन भएको हो ।

राष्ट्रियसभाको १९ पदका लागि भएको निर्वाचनमा १८ जना गठबन्धनबाट र एकजना एमालेबाट विजयी भएका छन् । गठबन्धनबाट विजयी हुनेमा १८ मध्ये नेपाली कांग्रेसका १०, माओवादीका ५, एकीकृत समाजवादीका २ र जसपाका एकजना छन् ।

राष्ट्रियसभा सदस्य लागि ५१ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा उत्रेका थिए । राष्ट्रियसभाको सदस्य २० मध्ये एक पदमा भने राष्ट्रपतिबाट मनोनयन हुनेछ । राष्ट्रियसभा सदस्य निर्वाचनमा प्रदेशसभा सदस्य र नगरपालिकाका प्रमुख–उपप्रमुख, गाउँपालिका अध्यक्ष–उपाध्यक्ष मतदाता हुन् ।

निर्वाचनका लागि सात प्रदेशमा एक–एक मतदानस्थल र दुई–दुई मतदान केन्द्र कायम गरेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार