बागमती प्रदेशमा गठबन्धनका चारैजना उम्मेदवार विजयी

  गौरीशंकर टाइम्स संवाददाता  27 पटक हेरिएको

काठमाडौं । राष्ट्रिय सभा सदस्य निर्वाचन अन्तर्गत बागमती प्रदेशमा गठबन्धनको तर्फबाट उम्मेदवार बनेका चारै जना विजयी भएका छन् । बिहीबार हेटौँडामा सम्पन्न मतगणना अनुसार गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका दुई, नेकपा माओवादी केन्द्रका एक र नेकपा एकीकृत समाजवादीका एकजना उम्मेदवार विजयी भएका हुन् ।

निर्वाचनमा विजयी हुनेहरूमा काङ्ग्रेसका जितजङ्ग बस्नेत र विष्णुकुमारी पुडासैनी रहेका छन् भने माओवादी केन्द्रका श्रीकृष्ण अधिकारी र समाजवादीका घनश्याम रिजाल रहेका छन् ।

विजयी महिला तर्फकी काँग्रेसकी पुडासैनीले ६६२२ मत प्राप्त गर्दा अन्यका उम्मेदवार काँग्रेसका बस्नेतले ६५३१ मत प्राप्त गरेका छन् । विजयी दलित तर्फका समाजवादीका रिजालले ६५१२ मत प्राप्त गर्दा अपाङ्गता तर्फ माओवादी केन्द्रका अधिकारीले ६३८३ मत प्राप्त गरेका छन् ।

कुल ३४७ मतदाता मध्ये ३४२ जनाले मतदान गरेका थिए । मतदानमा ५ जना अनुपस्थित भए । स्थानीय तहका २३७ जनामा २३४ जना र ११० प्रदेशसभा सदस्यमध्ये १०८ जना प्रदेश सभाका सदस्यले मतदान गरेको निर्वाचन आयोगले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार