दोलखाको युवा व्यावसायी घनश्याम राष्ट्रियसभा सदस्यमा निर्वाचित

  गौरीशंकर टाइम्स संवाददाता  36 पटक हेरिएको

दोलखा । नेकपा एकीकृत समाजवादी दोलखाका नेता घनश्याम रिजाल राष्ट्रियसभा सदस्यमा निर्वाचित भएका छन् । नेकपा एसको तर्फबाट उम्मेदवार बनेका रिजाल राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएका हुन् ।

बिहीबार भएको निर्वाचनमा बागमती प्रदेशबाट सत्तागठबन्धनको दलित तर्फबाट उम्मेदवारी दिएका नेता रिजाल ६ हजार ५ सय १२ मतभारसहित विजयी भएका हुन् । उनका निकटतम प्रतिद्धन्द्धी नेकपा एमालेका ध्रुर्वराज विकले ३ हजार ५२ मत प्राप्त गरेका थिए । यसअघि जिल्ला समितिमा उपाध्यक्ष समेत भैसकेका रिजाल नेकपा एस निकट दलित मुक्ति संगठनका केन्द्रिय महासचिव समेत हुन् ।

एमालेबाट राजनीतिमा सक्रिय भएका रिजाल सचिवालय सदस्य रहेका बेला पार्टी बिभाजन भएपछि उनी नेकपा एसमा लागेर जिल्ला उपसचिव भएका थिए । रिजाल दोलखाबाट राष्ट्रियसभा सदस्य बनेका एकमात्र प्रतिनीधि हुन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार