पेट्रोलियम पदार्थको मूल्य बढ्यो

  गौरीशंकर टाइम्स संवाददाता  162 पटक हेरिएको

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले बुधबार मध्ये रातिदेखि लागू हुनेगरी पेट्रोल, डिजेल, मट्टितेल र एलपी ग्यासको मूल्य बढाएको हो ।

निगमका अनुसार पेट्रोलमा प्रतिलिटर ४ रुपैयाँ, डिजेल मट्टितेलमा २र२ रुपैयाँ मूल्य बृद्धि भएको छ । अब पेट्रोल प्रतिलिटर १७० रुपैयाँ पुगेको छ भने डिजेल र मट्टितेल १५८ रुपैयाँ पुगेको छ ।

यस्तै, खाना पकाउने ग्याँसको मूल्य प्रतिसिलिन्डर १५ रुपैयाँ बढेर १९ सय १० कायम भएको छ । अहिलेसम्म ग्याँसको मुल्य १८९५ थियोे ।

निगमले पेट्रोल डिजेलसहित ग्याँसको मूल्य भारतबाट आएको मुल्यसुची अनुसार नयाँ मुल्य निर्धारण गरिन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार