संखुवासभाका क्यान्सरपीडित लक्ष्मण तामाङले गरे आर्थिक सहयोगको अपिल

  गौरीशंकर टाइम्स संवाददाता  557 पटक हेरिएको

काठमाडौं । आठ महिनादेखि घाँटीको क्यान्सरसँग जुधिरहेका संखुवासभा सभापोखरी–६, का लक्ष्मण तामाङले उपचारका लागि आर्थिक सहयोगको अपिल गरेका छन् । क्यान्सरको तेस्रो स्टेजसँग संघर्ष गरिरहेका तामाङले आफ्नो उपचारकै कारण भएसम्मका कायजेथा(सम्पती) सकिएको र अहिले उपचारका लागि खर्च अभाव भएकाले सहयोगको अपिल गर्नु गरेका छन् ।

क्यान्सरपीडित तामाङले सानो–सानो सहयोग गरेर भए पनि आफूलाई बचाई दिन सबैलाई आग्रह गरेका छन् । उनले अझै पनि पहिलाकै जस्तो स्वस्थ बन्ने हिम्मत जुटाइरहेको बताउँदै भने, ‘सक्नेले आर्थिक सहयोग गरिदिनुहोस् नसक्नेले स्वास्थ्य लाभको कामना गरिदिनुहोस’ ।

उनले आफू बाँचेर देश र समाजका लागि केहि राम्रो काम गर्ने चाहना रहेको बताएका छन् । अहिले तामाङको उपचारमा सहयोग पुर्‍याउनका लागि आर्थिक संकलन अभियान समेत चलाइएको छ । तामाङको परिवारलाई उपचार खर्च अभाव भएकोले यो बोझ कम गराउन आर्थिक सहायता सङ्कलन अभियान सुरु गरिएको छ ।

तामाङ हाल भक्तपुर क्यान्सर अस्पताल भक्तपुरमा उपचारत रहेका छन् । क्यान्सरको उपचार र औषधी खर्च महंगो भएका कारण साधारण आयास्रोत भएका तामाङलाई आर्थिक स्रोतले धान्न नसकेका कारण सहयोग माग्न बाध्यकारी भएको परिवार स्रोतले जनाएको छ । तामाङको सहयोग अभियानमा सहभागी हुनको लागि निम्न व्यक्तिहरु समक्ष सम्पर्क गर्न सकिनेछ ।

सम्पर्क व्यक्ति
लक्ष्मण तामाङ(विरामी आफै)–९८६३२६७०४९, ९७६५९६३३४४, विकास तामाङ–९८४३५२४७६९, निश्चिल–९८६२०६६६३५

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार