नेकपा एमाले दोलखाको अधिवेशन सोमबारबाट हुदै, ६२५ प्रतिनिधि सहभागी हुने

  गौरीशंकर टाइम्स संवाददाता  99 पटक हेरिएको

दोलखा । नेकपा एमाले दोलखाको १०औं जिल्ला अधिवेशन भोलिबाट चरिकोटमा हुदैछ । नयाँ नेतृत्व चयनसहितको जिल्ला अधिवेशन भएका कारण एमाले वृतमा राजनीतिक सरगर्मी बढेको हो ।

सदरमुकाम चरिकोटमा हुने अधिवेशनमा सहभागी हुन प्रतिनिधिहरु आउने क्रम समेत सुरु भएको छ । एमालेको अधिवेशनमा जिल्लाभरिबाट करिव ६२५ जना प्रतिनिधि सहभागी हुने छन् । भुगोलवाट ४ सय ५०, जनसंगठनवाट ५०, उत्पिडित समुदायवाट ५०, सल्लाहकार परिषदवाट २५, सम्पर्क मञ्चवाट २१ र करिव ३० जना प्रतिनिधि मनोनित हुने संयोजक नरबहादुर श्रेष्ठले जानकारी दिनुभयो । मनोनित हुने सदस्यहरुको नाम आइतबारको आयोजक कमिटीका वैठकवाट टुँगो लगाउने समेत संयोजक श्रेष्ठले जानकारी दिए ।

एमालेको १० औं जिल्ला अधिवेशनको पार्टी केन्द्रीय महासचिव संकर पोखरेलले उद्घाटन गर्ने कार्यक्रम छ । अधिवेशनको सम्पूर्ण तयारी पुरा भएको सहसंयोजक राजेन्द्र मानन्धरले जानकारी दिनुभयो । यसअघि माघको १९, २० र २१ गतेका लागि तय गरिएको जिल्ला अधिवेशन माघ २२, २३ र २४ गतेका लागि सरेको थियो । सोमवार जिल्ला अधिवेशनको उद्घाटनपछि मंगलवार विहान ९ बजेवाट बन्द शत्र सुरु गरी सोही दिन सक्ने कार्यतालिका छ । एमाले दोलखा नेतृत्वका लागि अध्यक्षमा पूर्वपार्टी अध्यक्ष इश्वरचन्द्र पोखरेल, संयोजक नरबहादुर श्रेष्ठ र पूर्वपार्टी सचिव भरत दुलालको दावेदारी रहेको छ ।

नयाँ नेतृत्व चयनकालागि निर्वाचन कार्यतालिका भने बुधवार विहानवाट सुरु हुनेछ । सहमति भए सहमतिका आधारमा र सहमति नभए निर्वाचनको प्रक्रियावाट नयाँ नेतृत्व चयन गर्ने अधिवेशन संयोजक श्रेष्ठले जानकारी दिनुभयो । अधिवेशनले नयाँ नेतृत्व चयन गर्ने भएपछि सदरमुकाम चरिकोटमा नेता कार्यकर्ताको चुनावी सरगर्मी बढेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार