एमाले दोलखाको १०औं जिल्ला अधिवेशन सदरमुकाम चरिकोटमा सुरु

  गौरीशंकर टाइम्स संवाददाता  134 पटक हेरिएको

दोलखा । नेकपा एमाले दोलखाको १०औँ जिल्ला अधिवेशन सुरु भएको छ । एमालेको १०औं जिल्ला अधिवेशन सदरमुकाम चरिकोटमा आजदेखि सुरु भएको हो ।

संयोजक नर बहादुर श्रेष्ठको अध्यक्षता र एमाले महासचिव शंकर पोखरेलको प्रमुख आतिथ्यतामा सुरु भएको अधिवेशनको उद्घाटन शत्रमा एमाले पोलिटव्युरो सदस्यहरु आनन्दप्रसाद पोखरेल र पार्वत गुरुङ तथा प्रदेश कमिटीका नेताहरु सहभागी भएका थिए ।एमालेको नयाँ नेतृत्व चयनसहितको जिल्ला अधिवेशनमा सदरमुकाम चरिकोट सातदोबाटोबाट बाजागाजा र झाँकी र्यालीसहित कार्यक्रम स्थल चरिकोट कर्भड हल पुगेको थियो ।

अधिवेशनमा जिल्लाभरिका ६ सय जनाभन्दा धेरै प्रतिनिधिहरु सहभागी भएका छन् । भूगोलबाट ४ सय ५० जना, जनसङ्गठनबाट ५० जना, उत्पिडित समुदायबाट ५०, सल्लाहकार परिषद्बाट २५ जना तथा सम्पर्क मञ्चबाट २१ गरी ५ सय ९६ जनाले प्रतिनिधिको रुपमा अधिवेशनमा सहभागी रहेका छन् । कुल प्रतिनिधिको ५ प्रतिशत अर्थात ३० जना अधिवेशन आयोजक कमिटीले मनोनित गरिएको अधिवेशनका सहसंयोजक राजेन्द्र मानन्धरले जानकारी दिनुभयो । अधिवेशनमा मनोनित सहित ६ सय २६ जना प्रतिनिधि सहभागी रहेको सहसंयोजक मानन्धरले जनाएको छ ।

अधिवेशनको भोली विहान ९ बजेवाट बन्द शत्र हुने कार्यतालिका रहेको छ । नयाँ नेतृत्व चयनकालागि निर्वाचन कार्यतालिका भने बुधवार विहानवाट सुरु हुनेछ । नेतृत्व चयनसहितको अधिवेशन भएका कारण चरिकोटमा नेता तथा कार्यकर्ताहरुमा चुनावी सरगर्मी बढेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार