प्रतिनिधिसभाको हिउँदे अधिवेशन सुरु

  गौरीशंकर टाइम्स संवाददाता  64 पटक हेरिएको

काठमाडौं । प्रतिनिधिसभाको हिउँदे अधिवेशन सुरु भएको छ । सोमबार दिउँसो नयाँ बानेश्वरस्थित संसद भवनमा प्रतिनिधिसभामा हिउँदे अधिवेशनको पहिलो बैठक बसेको हो।

यो संसदको तेस्रो अधिवेशन पनि हो । अधिवेशनको सुरूमा सभामुख देवराज घिमिरेले मन्तव्य राख्दै सांसदहरूलाई स्वागत गरेका थिए ।

‘चालू अधिवेशनमा मुलुकलाई आवश्यक कानुन निर्माण गर्न र संसदीय गतिविधिहरूलाई थप प्रभावकारी र व्यवस्थित बनाउने प्रण गर्न जरूरी देखेको छु,’ उनले भने, ‘राष्ट्रका साझा मुद्दाहरूमा सं‌सदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूको एकतालाई निरन्तरता दिनै पर्छ।’

बैठकमा अर्थमन्त्री प्रकाशशरण महतले ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश, २०८०’ पेश गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार