एमाले दोलखाको अध्यक्षमा तीन जनाको उम्मेदवारी, आज निर्वाचन हुदै

  गौरीशंकर टाइम्स संवाददाता  203 पटक हेरिएको

दोलखा । नेकपा एमाले दोलखामा नेतृत्वका लागि वर्तमान अध्यक्ष नरवहादुर श्रेष्ठ, पूर्वअध्यक्ष ईश्वरचन्द्र पोखरेल र नेता भरत दुलालले उम्मेदवारी दिएका छन । अध्यक्ष पदका लागि श्रेष्ठ र पोखरेलले समुह नै बनाई उम्मेदवारी दर्ता गरेका हुन् ।

श्रेष्ठको समुहको उपाध्यक्षमा राजेन्द्र मानन्धर र सचिवमा स्वयंवहादुर खड्काको उम्मेदवारी परेको छ । यस्तै, उपसचिवमा ईश्वर न्यौपाने र कमला बस्नेतको उम्मेदवारी दर्ता भएको छ।

अध्यक्ष पदमा उम्मेदवारी दिएका ईश्वरचन्द्र पोखरेलको समुहवाट उपाध्यक्षमा हिरा थोकर र सचिवमा कृष्णवहादुर बस्नेतको उम्मेदवारी परेको छ । सो समुहवाट उपसचिवमा मेनुका सुवेदी र हरि ओलीले उम्मेदवारी दिएका छन ।

त्यसैगरी, अर्का अध्यक्ष पदका लागि उम्मेदवारी दिएका भरतप्रसाद दुलालले भने एकल उम्मेदवारी दर्ता गरेका छन् । नेतृत्वका आज निर्वाचन हुदैछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार