लाइसेन्स नलिई घरजग्गा कारोबार गरे २५ लाख जरिवाना हुने

  गौरीशंकर टाइम्स संवाददाता  128 पटक हेरिएको

काठमाडौं । इजाजतपत्र बिना घरजग्गा कारोबार गर्न नपाइने गरी मालपोत ऐन संशोधन सम्बन्धी विधेयक प्रतिनिधि सभाबाट पारित भएको छ । प्रतिनिधि सभाबाट विधेयक पारित भएसंगै लाइसेन्स नलिई घरजग्गा कारोबार गरे २५ लाख जरिबाना र ६ महिना कैद हुने भएको हो ।

बुधबार प्रतिनिधि सभाले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धन सम्बन्धी केही ऐनलाई संशोधन गर्ने विधेयक, २०८० पारित गरेको छ ।

उक्त विधेयक मार्फत मालपोत ऐन संशोधन गर्दै सरकारले तोकेको क्षेत्रमा तथा सरकारले तोकेको क्षेत्रफल वा रकमको सीमाभन्दा बढीको घरजग्गा सम्बन्धी कारोबार गर्दा इजाजतपत्र लिनुपर्ने व्यवस्था गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार