एमाले दोलखाको अध्यक्षमा नरबहादुर श्रेष्ठ पुनः निर्वाचित, पदाधिकारीमा कस्को कति मतान्तर ?

  गौरीशंकर टाइम्स संवाददाता  223 पटक हेरिएको

दोलखा । नेकपा एमाले दोलखाको अध्यक्षमा नर बहादुर श्रेष्ठ निर्वाचित भएका छन् । अध्यक्षका प्रत्यासी ईश्वरचन्द्र पोखरेल र भरत दुलाललाई पछाडि पार्दै श्रेष्ठ दोस्रो कार्यकालका लागि अध्यक्षमा पुनः निर्वाचित भएका हुन् ।

नव निर्वाचित अध्यक्ष श्रेष्ठले ६१६ मत मध्ये ३३३ मत प्राप्त गरेका छन् । यस्तै पोखरेलले २३८ र दुलालले ३८ मतप्राप्त गरेका छन् । यस्तै श्रेष्ठकै प्यानलबाट उपाध्यक्षमा राजेन्द्र मानन्धर निर्वाचित भएका छन् । उनले ३३६ मत प्राप्त गरेको निर्वाचिन समितिले जनाएको छ । उनका प्रत्यासी हिरा थोकरले २६३ मत प्राप्त गरेका थिए ।

यस्तै सचिवमा सोयम बहादुर खड्का ३०४ र बस्नेतले २८४ मत पाएका थिए । उनले पोखरेलको प्यानलबाट उठेका कृष्ण बस्नेतलाई २० मतान्तरले हराएका हुन् । हरि ओलीले १६१ मत ल्याएर पुरुष खुल्ला उप सचिवमा निर्वाचित भएका छन् । उनका प्रत्यासीहरु ईश्वर न्यौपानलेले ११४, टपिन्द्र खड्काले ७२, विदुर शर्माले १४५, धनबहादुर तामाङले ६४ मत प्राप्त गरेका थिए ।

त्यसैगरी, उपसचिव महिला खुल्ला तर्फ श्रेष्ठकै प्यानलबाट कमला बस्नेत निर्वाचित भएकी छिन् । बस्नेतले २७७ मत प्राप्त गरेकी छिन् । उनका प्रतिस्पर्धी मेनुका सुवेदीले १९५, गोमा केसीले ७१, सीता केसीले ३४ मत प्राप्त गरेका थिए ।

नेकपा एमाले दोलखाको १०औ जिल्ला अधिवेशन माघ २२ गते सोमबार चरिकोटमा उद्धघाटन गरिएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार