आज तामाङ समुदायले सोनाम ल्होछार मनाउँदै

  गौरीशंकर टाइम्स संवाददाता  136 पटक हेरिएको

काठमाडौं । देशभरका तामाङ समुदायले आज सोनाम ल्होछार मनाउँदैछन् । विभिन्न गुम्बा तथा तामाङ समुदायको बाहुल्यता भएका टोलहरुमा आज धुमधामका साथ २८५७औँ सोनाम ल्होछार मनाइँदैछ ।

तामाङ समुदायले नजिकका गुम्बा तथा टोलटोलमा भेला भएर नाचगान तथा पूजापाठसँगै मीठामीठा परिकार खाएर एक आपसमा शुभकामना साटासाट गरेर धुमधामका साथ ल्होछार मनाइँदैछ ।

तामाङ समुदायले यस वर्ष मुसा वर्गलाई बिदाई गर्दै गाई वर्गलाई स्वागत गरेर यो पर्व मनाउँदैछन् । ल्होछार कार्यक्रमको लागि केहीदिन अघिदेखि नै गुम्बा परिसरमा सरसफाइ गर्नुका साथै रंगरोगन, ध्वजा पताका लगाउने काम गरेर आकर्षक बनाइएको छ ।

आज दिनभर विभिन्न कलाकारहरुको प्रस्तुतिमार्फत सांगितिक तथा मनोरञ्जनात्मक कार्यक्रम पनि आयोजना हुने उनले बताइन्। विगतका वर्षहरुमा जस्तो नरहे पनि आफ्नो मौलिक परम्परालाई जोगाउन पर्व मनाउने काम छाड्न नहुने नेपाल तामाङ घेदुङ संघले जनाएको छ ।

आज नेपाल तामाङ घेदुङ संघले राजधानी टुँडिखेलमा शुभकामना आदनप्रदानका लागि ओैपचारिक कार्यक्रम आयोजना गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार