गौरीशंकरमा जिल्लाकै दोस्रो ठुलो बज्रगुरु जप शुरु

  गौरीशंकर टाइम्स संवाददाता  606 पटक हेरिएको

किशोर कुमार गुरुङ, दोलखा ।
गौरीशंकरमा ने टासी ञिङमा छोलिङ गुम्बाको बज्रगुरु जप शुरु भएको छ । गौरीशंकर गाउँपालिका ९, टासीनामस्थित ने टासी ञिङमा छोलिङ गुम्बा स्थापनाको एक शताब्दी पुगेको अवसरमा बज्रगुरु जप आयोजना गरेको हो ।

गुम्बाको प्रमुख संरक्षक टुल्कु ङावाङ लप्सुम रिम्पोर्छे र धर्म गुरु गेसी थुप्तेन जिम्बा शेर्पाको उपस्थितिमा शनिबार गुम्बामा पुजापाठ गरी बज्रगुरु जप शुरु गरिएको हो । बज्रगुरु जपमा गौरीशंकर र विगु गाउँपालिकाको ३७ वटा गुम्बाबाट लामा तथा ठावाहरुको सहभागी भएका छन् ।

वि. स. १९८० सालमा स्थापना भैइ १०० वर्ष पुगेको अवसरमा आयोजित बज्रगुरु जप कार्यक्रम आगामी फागुन ७ गतेसम्म बौद्व धर्मावलम्बी बिधि अनुसार पुजापाठ गरि मनाइने छ । गुम्बाको शताब्दी उत्सवका अवसरमा धर्म गुरु रिम्पोर्छे र गेसी जिम्वाद्वारा संयुक्त रुपमा बिशेष पुजा, कोन्छ्योक चिदुई वाङ, छे वाङ, प्रवचन तथा ध्यान तपस्या गरी शताब्दी उत्सव मनाउने गुम्बा व्यवस्थापन समितिका अध्यक्ष दमे शेर्पाले जानकारी दिनुभयो । अध्यक्ष शेर्पाका अनुसार गुम्बाको बज्रगुरु जपसँगै ८ गते साधारणसभा सम्पन्न गर्ने बताए ।

बज्रगुरु जपमा वौद्व धर्मगुरु, लामा, ठावा, आनीहरु, स्थानीय लगायत छिमेकी जिल्लाहरु सिन्धुपाल्चोक, रामेछापबाट समेत सहभागी भएको व्यवस्थापन समितिका सचिव फुर्वाठिले शेर्पाले बताए । सचिव शेर्पाका अनुसार जिल्लाकै दोस्रो ठुलो बौद्धिक, धार्मिक र शान्ति पुजा भएको बताए ।

त्यसैगरी, बज्रगुरु जप पहिलो पटक सन् २०१३ मा जिरी गुम्बामा भएको थियोे । यस बज्रगुरु जप उत्तरी भेगमा भने पहिलो र ठुलो पुजा हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार