लामो समयपछिको वर्षाले कृषकलाई राहत

  गौरीशंकर टाइम्स संवाददाता  191 पटक हेरिएको

दोलका । लामो समयपछिको वर्षाले खेती किसानमा ठुलो राहत पुगेको छ । आज दिउँसोदेखि मौसममा आएको परिवर्तनका कारण जिल्लाको अधिकांश स्थानमा हल्का वर्षा हुनुको साथै उच्च हिमाली क्षेत्रमा हिमपात भएपछि खेति किसानलाई राहत पुगेको हो ।

धेरै लामो समयपछि जिल्लाको अधिकांश स्थानमा आज वर्षा भइरहेको छ । आज दिउँसो करिब १ बजेदेखि मौसममा आएको बद्लीको कारण अहिले वर्षा तथा हिमपात भइरहेको छ । पर्यटकीय तथा धार्मिक स्थलहरु कालिञ्चोक, शैलुङ, जिरीको हनुमन्ते, चेर्दुङ लगायतका स्थानहरुमा हिमपात भएको छ ।

लामो समयसम्म पानी नपर्दा बालीनालि बारीमै सुकेको थियोे । लामो समयपछि आज परेको वर्षले खेतीपातीमा केही राहत पुगेको दोलखाको एक किसानले बताए । उनका अनुसार अब मकै, आलु रोप्न लागेको बेलामा आएको पानीले खेतीपातीमा थप उर्जा मिलेको बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार