राष्ट्रिय फोटो पत्रकार समूह दोलखाको अध्यक्षमा प्रलाद आचार्य

  गौरीशंकर टाइम्स संवाददाता  141 पटक हेरिएको

दोलखा । राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपाल दोलखाको शाखा गठन गरिएको छ । शुक्रबार जीवन लामाको संयोजकत्वमा सम्पन्न प्रथम जिल्ला भेलाले प्रलाद आचार्यलाई अध्यक्ष चयन गर्दै ७ सदस्यीय जिल्ला कार्यसमिति गठन गरेको हो ।

नवगठित एनएफपिजे दोलखा शाखाका उपाध्यक्षमा तारादेवी बस्नेत, सचिव गोविन्द थामी, सहसचिव सुजन थामी र कोषाध्यक्षमा प्रकाश बस्नेत चयन भएको छ । सदस्यहरुमा अनिता लामा र हिरालाल विश्वकर्मा चयन भएका छन् ।

कार्यक्रममा प्रेस काउन्सील नेपालका सदस्य चिरन्जिवि मास्के, नेपाल पत्रकार महासंघ बागमती प्रदेशका महासचिव कृष्ण सारु मगर, राष्ट्रिय फोटो पत्रकार समूहका कोषाध्यक्ष सागर श्रेष्ठ, केन्द्रीय सदस्य प्रदीप श्रेष्ठ उपस्थिति रहेका थिए ।

त्यस्तै कार्यक्रममा पत्रकार महासंघ दोलखाका अध्यक्ष दीपशंकर चौलागाईं, आदिवासी जनजाति पत्रकार महासंघ बागमती प्रदेशका अध्यक्ष युवराज श्रेष्ठ,राष्ट्रिय फोटो पत्रकार समूह बागमती प्रदेश समितिका सचिव कुमार श्रेष्ठ, प्रेस चौतारी दोलखाका अध्यक्ष प्रभु जिरेल र प्रेस सेन्टरका अध्यक्ष अविरल बस्नेत लगायत जिल्लाका अन्य अग्रज पत्रकारहरू समेत उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार