देशैभर मौसम बदली, धेरै ठाउँमा वर्षा र हिमपात

  गौरीशंकर टाइम्स संवाददाता  223 पटक हेरिएको

काठमाडौं । आज देशैभर मौसम बदली भएको छ । देशका अधिकांश भागमा बिहानैदेखि हल्का वर्षा र उच्च हिमाली क्षेत्रमा हिमपात भएको छ ।

कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशको केही स्थानहरू र सुदूरपश्चिम प्रदेशको थोरै स्थानहरुमा वर्षा भएको छ । आज काठमाडौं उपत्यकामा पनि वर्षा भईरहेको छ ।

देशका उच्च पहाडी तथा हिमाली भू-भागका धेरै स्थानहरूमा हल्कादेखि मध्यम हिमपातको भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार