दोलखाको प्रसिद्ध धार्मिकस्थल कालिञ्चोकमा हिमपात

  गौरीशंकर टाइम्स संवाददाता  212 पटक हेरिएको

दोलखा । दोलखाको प्रसिद्ध धार्मिकस्थल कालिञ्चोक क्षेत्रमा बाक्लो हिमपात भएको छ । आइतबार कालिञ्चोकको कुरी क्षेत्र तथा जिल्लाको उच्च भू-भागमा सामान्य वर्षासहित हिमपात सुरु भएको हो ।

हिउँ परेपछि दोलखाको चर्चित पर्यटकीयस्थल कालिञ्चोकमा आन्तरिक पर्यटकको त्यसतर्फ लागेका छन् । कालिञ्चोक जाँदा हिँउ खेल्न पनि पाउने र भगवानको दर्शन पनि गर्न पाइने भएकाले उक्त स्थानमा पर्यटकको आवागमन हुने गरेको छ ।

दोलखाको पर्यटकीय क्षेत्र रोल्वालिङ उपत्यका, सोंथली, चेर्दुङ, जिरी, खरीढुंगा लगायतका उच्च हिमाली भेगमा हिमपात भएको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार काठमाडौं उपत्यकासहित कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशको केही स्थान र सुदूरपश्चिम प्रदेशको थोरै स्थानमा हल्का वर्षा भइरहेको छ ।

महाशाखाका अनुसार केहि स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम बर्षा र बाँकी भू-भागको थोरै स्थानहरूमा हल्का बर्षाको सम्भावना रहेको जनाएको छ । देशका उच्च पहाडी तथा हिमाली भू-भागका धेरै स्थानहरूमा हिमपातको सम्भावना रहेको बुलेटिनमा उल्लेख छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार