दोलखामा बागमती प्रदेशका पालिकास्तरीय भलिवल प्रतियोगिता सुरु

  गौरीशंकर टाइम्स संवाददाता  267 पटक हेरिएको

दोलखा । दोलखामा प्रथम बागमती प्रदेश स्तरीय अन्तरपालिका भलिवल प्रतियोगिता सुरु भएको छ । सदरमुकाम चरिकोटस्थित भिमेश्र्वर रंगशालामा सर्वाधिक पुरस्कार राशी भएको बागमती प्रदेश स्तरीय अन्तरपालिका रितबहादुर खड्का स्मृति भलिवल प्रतियोगिता आजदेखि सुरु भएको हो ।

दोलखा युवा सञ्जालका अध्यक्ष पुष्कर अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रम पूर्बराज्यमन्त्री देवी खड्काले एक समारोहका बीच उद्घाटन गर्नुभयो । उद्घाटन प्रतियोगितामा नेकपा माओवादी केन्द्र दोलखाका इन्चार्ज विशाल खड्का, सहिद रित बहादुर खड्काका जिवन सङ्गिनी इन्दिरा खड्का, नेकपा एमाले दोलखाका अध्यक्ष नरबहादुर श्रेष्ठ, नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य नर पाख्रिन, प्रमुख जिल्ला अधिकारी टुवाराज पोख्रेल, जिल्ला समन्वय समिति दोलखाका प्रमुख बुर्जुराम घतानी लगायतको उपस्थिति थियो ।

प्रतियोगितामा विभिन्न राजनीतिक दल नेता, कार्यकर्ता, बुद्धिजिवी, खेलाडी, सञ्चारकर्मी लगाएतको उपस्थिती रहेको थियो । उक्त प्रतियोगितामा बागमती प्रदेशभित्रका १४ वटा टिमको सहभागिता रहेको सञ्जालका अध्यक्ष अधिकारीले बताए ।। सो प्रतियोगिता आगामी फागुन २५ गतेसम्म चल्नेछ ।

त्यसैगरी, खेलमा प्रथम हुनेले २ लाख ५१ हजार, द्धितीय हुनेले १ लाख ५१ हजार, र तृतीय टिमले ५१ हजार शिल्ड, मेडल र प्रमाणपत्र पाउनेछन् । यस्तै, सान्त्वना हुने टिमले २१ हजार र प्रमाणपत्र प्राप्त गर्नेछ भने उत्कृष्ट खेलाडीहरुलाई नगद सहित ट्रफी, मेडल र प्रमाणपत्रले सम्मान गरिने युवा सञ्जाल दोलखाले जनाएको छ । सो प्रतियोगिता जिल्लाको भलिबल इतिहासमै सर्वाधिक पुरस्कार राशी रहेको प्रतियोगिता हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार