राष्ट्रिय सभामा १९ सांसदले लिए आज शपथ

  गौरीशंकर टाइम्स संवाददाता  60 पटक हेरिएको

काठमाडौं । राष्ट्रिय सभामा निर्वाचित १९ सांसदले आज शपथ लिएका छन् । गत माघ ११ गते सम्पन्न चुनावबाट निर्वाचित भएका १९ सांसदहरूलाई आज बिहान साढे ११ बजे पद तथा गोपनीयताको शपथ लिएको हो ।

उनीहरूलाई राष्ट्रिय सभाकी उपाध्यक्ष उर्मिला अर्यालले शपथ ग्रहण गराएको राष्ट्रिय सभाका प्रवक्ता एकराम गिरीले जानकारी दिए ।

राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनासहित २० सांसदको पदावधि आइतबार राति १२ बजे सकिएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार