गठबन्धन भत्किएसँगै नयाँ मन्त्रीमण्डल गठन

  गौरीशंकर टाइम्स संवाददाता  108 पटक हेरिएको

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले सत्ता समीकरण परिवर्तन गर्दै नयाँ मन्त्रीमण्डल गठन गर्नुभएको छ । प्रधानमन्त्री प्रचण्डले एमालेसँग बामगठबन्धन गरि नयाँ मन्त्रीमण्डल बिस्तार गर्नुभएको हो ।

प्रधानमन्त्री प्रचण्डले नेपाली कांग्रेससँग गठबन्धन विगठन गरि बुधबार नयाँ मन्त्रीमण्डल गठन गरेका हुन् । सरकारमा सहभागी नेकपा एमाले, माओवादी केन्द्र, रास्वपा र नेकपा एकीकृत समाजवादीबाट नवनियुक्त मन्त्रीले पद तथा गोपनियताको शपथ लिएका छन् ।

शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले उनीहरूलाई शपथ ग्रहण गराएका हुन् ।

यस्ता छन् नवनियुक्तमन्त्री
नेकपा एमाले
१. रघुवीर महासेठ, उपप्रधान तथा भौतिक पूर्वाधार मन्त्री
२. राजेन्द्रकुमार राई, खानेपानी मन्त्री
३. पदम गिरी, कानून, न्याय तथा संसदीय मामिला मन्त्री
४. बलराम अधिकारी, भूमि व्यवस्था तथा सहकारी मन्त्री
५. भगवती चौधरी, महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री
६. दामोदर भण्डारी, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री
७. हरि उप्रेती, रक्षा मन्त्री
८. ज्वालाकुमारी साह, कृषि मन्त्री

नेकपा (माओवादी केन्द्र)
१. नारायणकाजी श्रेष्ठ, उपप्रधान तथा परराष्ट्र मन्त्री
२. वर्षमान पुन, अर्थ मन्त्री
३. शक्तिबहादुर बस्नेत, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री
४. रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधि मन्त्री
५. हितबहादुर तामाङ, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री

राष्ट्रिय स्वतन्त्र पार्टी
१. रवि लामिछाने, उपप्रधान तथा गृह मन्त्री
२. सुमना श्रेष्ठ, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री
३. बिराजभक्त श्रेष्ठ, युवा तथा खेलकुद मन्त्री
४. डोलप्रसाद अर्याल (डिपी), श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री

नेकपा एकीकृत समाजवादी
१. भानुभक्त जोशी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री
२. धनबहादुर बुढा, सहरी विकास मन्त्री

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार