रितबहादुर खड्का स्मृति प्रतियोगिताको उपाधी मेलम्ची नगरलाई

  गौरीशंकर टाइम्स संवाददाता  103 पटक हेरिएको

दोलखा । प्रथम बागमती प्रदेशस्तरीय अन्तरपालिका ‘सहिद रितबहादुर खड्का स्मृति भलिबल प्रतियोगिता’को उपाधी मेलम्ची नगरपालिकाले जितेको छ । सदरमुकाम चरिकोटस्थित भिमेश्वर रङ्गशालामा शुक्रबार सम्पन्न प्रतियोगिताको उपाधि सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकाले जितेको हो ।

दोलखाको जिरी नगरपालिकाले भने उपविजेतामा चित्त बुझाएको छ । बिहान रामेछापको मन्थली नगरपालिका र सिन्धुलीको कमलामाई नगरपालिकाबीच भएको प्रतिस्पर्धामा कमलामाई नगरपालिका तृतीय भएको थियो । कमलामाई नगरपालिकाले ३र१ को सेटमा मन्थली नगरपालिकालाई पराजित गरेको हो । कमला नगरपालिकाले हराएपछि मन्थली नगरपालिकाले सान्त्वना मै चित्त बुझाउनु पर्यो ।

प्रतियोगितामा विजेता, उपविजेता, तृतीय र सान्त्वना हुने टिमले क्रमशः २ लाख ५१ हजार, १ लाख ५१ हजार, ५१ हजार सहित शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् भने सान्त्वना हुने टिमले २१ हजार नगद सहित मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।

हालसम्मकै सर्वाधिक राशीको प्रतियोगितामा बागमती प्रदेश भित्रका १४ वटा टिम सहभागी भएका थिए । दोलखा युवा सञ्जालको आयोजनामा सोमबारदेखि सुरु भएको खेल शुक्रबार सम्पन्न भएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार