गौरीशंकर र विगु जोड्ने अभिभावक बन्यो कादुरी, फोटो फिचरसहित

  गौरीशंकर टाइम्स संवाददाता  431 पटक हेरिएको

दोलखा । दोलखाको उत्तरी गौरीशंकर र विगु जोड्ने तामाकोसी नदीमा झोलुङ्गे पुल निर्माण सम्पन्न भई औपचारिक उद्धघाटन गरेको छ । सोमबार कादुरीका अध्यक्ष माईकल कादुरी र नेपालका लागि बेलायती राजदुत रब फेनले संयुक्त रुपमा पुलको उद्घाटन गरेका हुन् ।

सडक सञ्जालले नछोएको उत्तरी दुर्गम गौरीशंकर गाउँपालिका–९, टासिनामका स्थानीयलाई लक्षित गरी तामाकोशी नदीमा झोलुङ्गे पुल निर्माण गरेका हुन् । विगु–१ गोंगरखोला र गौरीशंकर–९ टासीनाम जोड्न कादुरी एग्री कल्चरल एड एसोशियन व्रिटिस गोर्खाज नेपालले तामाकोशी नदीमा १०५ मिटर लामो झोलुङ्गे पुल निर्माण गरेसँगै स्थानीयको दैनिकी सहज भएको छ ।

उक्त झोलुङ्गे पुल कुल १ करोड २६ लाख लागतमा बनेको कादुरी एग्री कल्चरल एड एसोशियन व्रटिस गोर्खाज नेपालका पुल विभाग प्रमुख सुन्दर कुमार श्रेष्ठले जानकारी दिए । यसबाट गौरीशंकर–९, टासीनामका करिब ६ सय घरपरिवार लाभान्वित हुने छन । तामाकोसीमा पुल निर्माण भएसँगै टासीनामका स्थानीय तथा बालबालिकाहरु बिद्यालय, स्वास्थ्य चौकी, खाद्यन्न ढुवानी र यातायात सेवाको पहुँचमा पुग्न सहज भएको छ ।

पुल उद्घाटन कार्यक्रममा गौरीशंकर र विगु गाउँपालिकाको अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष एवं जनप्रतिनीधिहरु लगायत स्थानीयहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा सहभागी अतिथिहरुलाई स्थानीय कलाकारहरुले डम्फु, पञ्चेबाजा बजाई स्वागत गरेका थिए ।

कादुरी एग्री कल्चरल एड एसोशियन व्रटिस गोर्खाज नेपालले ५५ बर्षअघि देखि देशका विभिन्न जिल्लामा पुल, खानेपानी, लघु जलबिद्धुत आयोजनाका साथै कृषि, स्वास्थ क्षेत्रमा लगानी गर्दै आएको छ ।

त्यसैगरी, विदेश नागरिक माईकल कादुरिको टोलीसँगै नेपालका लागि बेलायती राजदुत रब फेनसमेत पुल उद्घाटनका लागि दोलखा पुगेका हुन् ।

फोटो फिचर

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार