राष्ट्रिय सभाका अध्यक्षमा दाहाल निर्वाचित

  गौरीशंकर टाइम्स संवाददाता  96 पटक हेरिएको

काठमाडौं । राष्ट्रियसभाका अध्यक्षमा नारायण दाहाल निर्वाचित भएका छन् । मंगलबार राष्ट्रियसभा बैठकमा भएको मतदानबाट दाहाल अध्यक्षमा निर्वाचित भएका हुन् ।

दाहाल सत्ता गठबन्धनका तर्फबाट उमेदवार बनेका थिए । उनले प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका तर्फबाट उमेदवार बनेका युवराज शर्मालाई पराजित गरे । दाहाललाई राष्ट्रियसभा अध्यक्षमा निर्वाचित गरियोस् भन्ने प्रस्तावका पक्षमा ३९ र शर्माका पक्षमा भने १७ मत परेको थियो ।

दाहाललाई राष्ट्रियसभा अध्यक्ष बनाउन माओवादी केन्द्रसहित‚ नेकपा (एमाले)‚ नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी (जसपा)का सांसदले मतदान गरेका थिए । मनोनीत सांसद वामदेव गौतमले पनि दाहालका पक्षमा मतदान गरे ।

राष्ट्रिय सभामा निर्वाचित दाहाल नेकपा माओवादी केन्द्रका नेता हुन् । उनी राष्ट्रिय सभा सदस्यमा प्रधानमन्त्री प्रचण्डको सिफारिसमा राष्ट्रपतिद्वारा मनोनित भएका थिए ।

पराजित शर्माका पक्षमा कांग्रेस र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का सांसदले मतदान गरेका थिए । एक मत रहेको राष्ट्रिय जनमोर्चाका सांसद तटस्थ बसेका कारण कतै मतदान गरेनन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार