प्रधानमन्त्री प्रचण्डले आज तेस्रो पटक विश्वासको मत लिंदै

  गौरीशंकर टाइम्स संवाददाता  141 पटक हेरिएको

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज विश्वासको मत लिंदै छन् । आज बस्ने प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री ‘प्रचण्ड’ले तेस्रो पटक विश्वासको मत लिन लागेका हुन् ।

त्यसका लागि बिहान १० बजे कार्यव्यवस्था समितिको बैठक बस्ने छ । आज बिहान ११ बजे बस्ने प्रतिनिधि सभाको बैठकबाट प्रधानमन्त्री ‘प्रचण्ड’ले विश्वासको मत लिदै हुनुहुन्छ  । बैठकमा प्रधानमन्त्रीको विश्वासको मत, आगामी १५ दिनको क्यालेन्डर लगायतका एजेण्डा रहेको सभामुखको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेसँगको गठबन्धन तोडेर एमाले लगायतका दलसँग सत्ता साझेदारी गरेपछि कांग्रेसले सरकारको समर्थन फिर्ता लिएको थियो । त्यसैले प्रधानमन्त्री प्रचण्डले पुनः विश्वासको मत लिन लागेका हुन् । सरकारमा सहभागी दलले समर्थन फिर्ता लिए विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था रहेको छ ।

प्रधानमन्त्री ‘प्रचण्ड’लाई उनको पार्टी माओवादी केन्द्रसहित नेकपा एमाले, रास्वपा, जसपा र एकीकृत समाजवादी लगायतका दलले समर्थन गर्न ह्वीप जारी गरेका छन् । कांग्रेस, राप्रपा, लोसपा, जनमत, नेमकिपा र राष्ट्रिय जनमोर्चा भने विपक्षमा छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार