प्रधानमन्त्री प्रचण्डले पाए तेस्रो पटक विश्वासको मत

  गौरीशंकर टाइम्स संवाददाता  106 पटक हेरिएको

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तेस्रो पटक विश्वासको मत पाएका छन् । आज बसेको प्रतिनिधिसभाबाट प्रधानमन्त्री दाहालको पक्षमा १५७ र विपक्षमा ११० मत परेको छ ।

प्रधानमन्त्रीलाई विश्वासको मत दिँदा प्रतिनिधिसभामा २६८ सांसद उपस्थित थिए । उपस्थितमध्ये एकजनाले पक्ष-विपक्षमा मत दिएनन् ।

प्रधानमन्त्री ‘प्रचण्ड’को पक्षमा नेकपा एमालेका ७६, माओवादी केन्द्रका ३२, रास्वपाका २१, जसपाका १२ र एकीकृत समाजवादीका १० सांसदले मत दिए । स्वतन्त्र सांसद प्रभु शाह र योगेन्द्र चौधरीले मत दिएका थिए । दाहालको विपक्षमा नेपाली कांग्रेस, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा र नेपाल मजदुर किसान पार्टी उभिए ।

त्यसैगरी, प्रधानमन्त्री `प्रचण्ड´ले दोस्रो पटक २०७९ पुस २६ गते विश्वासको मत लिएका थिए । सो समयमा उनले मतदानमा सहभागी २७० मध्ये २६८ मत पाएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार