दोलखा एमालेको पहिलो वैठक सम्पन्न, २५ सदस्यीय सचिवालय गठनसहित जिम्मेवारी वाँडफाँड

  गौरीशंकर टाइम्स सम्वाददाता  124 पटक हेरिएको

दोलखा । नेकपा एमाले दोलखाको पहिलो पुर्ण वैठक चरीकोटमा सम्पन्न भएको छ । नेकपा एमाले दोलखाको दसौँ जिल्ला अधिवेशनबाट निर्वाचित कमिटीको पहिलो पुर्ण वैठक एमाले पार्टी कार्यालय चरिकोटमा सम्पन्न भएको हने ।

बैठक पार्टी अध्यक्ष नर बहादुर श्रेष्ठको अध्यक्षतामा दुई दिन सम्म संचालन भएको थियोे । वैठकले विभिन्न विषयहरुमा सूक्ष्म रुपमा छलफल गर्दै निर्णय गरेको पार्टी सचिव सोयम बहादुर खड्काले बताउनु भयो । चरिकोटमा दुई दिनसम्म चलेको वैठकले दसौँ जिल्ला अधिवेशनबाट निर्वाचित कमिटीमा महिला, पुरुष, दलित, जनजाति, युवाहरु समावेशी नेतृत्व भएको समिक्षासहित प्रतिवेदन पास गरेको छ ।

दसौँ जिल्ला अधिवेशनबाट निर्वाचित सदस्यहरु मध्येबाट २५ सदस्यीय सचिवालय सदस्य र ३ जना वैकल्पीक सचिवालय सदस्य गठन गरेको छ । बैठकले जिल्ला कमिटीमा ११ जना सदस्य मनोनित गर्दै विभिन्न जिम्मेवारीसमेत तोकेको छ ।

विभागीय प्रमुख
नेकपा एमाले दोलखाले बिभिन्न विभाग तथा जनवर्गीय संगठनको प्रमुख, इन्चार्ज तथा पालिका र वडाको इन्चार्ज, सह इन्चार्ज पनि तोकेको छ । जसअनुसार जिल्ला अध्यक्ष नरवहादुर श्रेष्ठ जनसंगठन समन्वय संयन्त्रको संयोजक, उपाध्यक्ष राजेन्द्र मानन्धर पार्टी स्कुल विभागको प्रमुख, सचिव स्वयंवहादुर खड्का संगठन विभाग प्रमुख, उपसचिव कमला बस्नेत स्थानीय विकास विभाग प्रमुख र उपसचिव हरिप्रसाद ओली प्रचार विभाग तथा प्रेस चौतारीको इन्चार्ज तोकिएको छ । यसैगरी सचिवालय सदस्यहरु कुमार खड्कालाई निर्वाचन विभागको प्रमुख, शारदा रानालाई नेपाल बुद्धिजीवी परिषदको इन्चार्ज र नारायणध्वज खड्कालाई दोलखा–काठमाडौं सम्पर्क मञ्चको इन्चार्जको जिम्मेवारी तोकिएको छ ।

पालिकामा को इन्चार्ज
स्थानीय तहतर्फ भीमेश्वर नगरपालिकाको इन्चार्जमा नविनकुमार लामा र सह इन्चार्जमा ज्ञानेन्द्र प्रधान, जिरी नगरपालिकाको इन्चार्जमा केशवकुमार कार्की र सह इन्चार्जमा ज्ञानवहादुर सुनुवार, गौरीशंकरको इन्चार्जमा जंगवहादुर गुरुङ र सहइन्चार्जमा झलककुमार कार्की, वैतेश्वरको इन्चार्जमा माधवप्रसाद दाहाल र सहइन्चार्जमा शान्तवहादुर जिरेल, तामाकोशीको इन्चार्जमा धिरज सुवेदी र सह इन्चार्जमा स्यामकाजी कटुवाल तथा मेलुङको इन्चार्जमा सोमवहादुर बम्जन र सहइन्चार्जमा ईस्वर कोइरालालाई जिम्मेवारी तोकिएको छ ।

त्यस्तै एमाले शैलुङको इन्चार्जमा थिरवहादुर तामाङ र सहइन्चार्जमा नेत्र मोक्तान, कालिञ्चोकको इन्चार्जमा गणेश शिवाकोटी र सहइन्चार्जमा सविना पाण्डे र विगुको इन्चार्जमा अचुतम केसी र सहइन्चार्जमा देविका थामीलाई जिम्मेवारी तोकिएको छ । एमालेले जिल्लाका ७४ वटै वडाको समेत इन्चार्ज पनि तोकेको छ । एमालेको १०औं जिल्ला अधिवेशन माघको तेश्रो साता सम्पन्न भएपछि पहिलो बैठक फागुन २९ र ३० गते बसेको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार