बागमती प्रदेशले सहकारीबाट लिएको ऋण नतिरे सम्पती रोक्का गर्ने तयारी

  गौरीशंकर टाइम्स सम्वाददाता  104 पटक हेरिएको

काठमाडौं । बागमती प्रदेश सरकारले सहकारी संस्थाहरुबाट लिइएको ऋण चुक्ता गर्न सबै ऋणीहरुलाई सचेत गराएको छ । प्रदेशको संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालयले ऋणको साँवा तथा ब्याज चुक्ता गर्न ऋणीहरुलाई सुचना नै जारी गरी आग्रह गरेको हो ।

ऋणीहरुले तोकिएको समयभित्र ऋणको साँवा तथा ब्याज चुक्ता नगर्दा बचतकर्ताहरुको बचत फिर्ता गर्न नसकिएकाले सम्झौता वा सर्तबमोजिम लिइएको ऋणको साँवा र ब्याज ऋणीहरुले भुक्तान नगरे सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा सिफारिस गरिने मन्त्रालयले जनाएको छ ।

प्रकाशित सूचनामा भनिएको छ, ‘सहकारी संस्थाबाट सदस्यहरुको बचत रकम नै कर्जाको रुपमा प्रवाह हुने र ऋणी सदस्यहरुले समयमा नै आफूले भुक्तान गर्नुपर्ने साँवा तथा ब्याज विभिन्न बहानाबाजी एवम् केही पक्षको सहकारी संस्थाको ऋण तिर्नु नपर्ने भन्ने जस्ता भ्रामक र गैरजिम्मेवारीपूर्ण अभिव्यक्तिको आधारमा ऋण चुक्ता नगर्ने परिपाटीले सदस्यहरुको बचत फिर्ता गर्न असहज परिस्थिति सृजना भएको भन्ने गुनासो प्राप्त भएको छ ।’

समयमा ऋण भुक्तान नगरे सहकारी संस्थाको ऋण असुली सम्बन्धमा बागमती प्रदेश सहकारी ऐन २०७६ को दफा ६५ र ६६ बमोजिम कारबाही गर्ने मन्त्रालयको चेतावनी छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार