काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा वर्षा

  गौरीशंकर टाइम्स संवाददाता  116 पटक हेरिएको

काठमाडौं । काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा वर्षा भएको छ । नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको आंशिक प्रभाव रहेको हुदाँ बर्षा भएको हो ।

वर्षाले काठमाडौं उपत्यकाको जनजीवन प्रभावित भएको छ । लामो समयपछि बर्षाद हुँदा किसान भने खुसी भएका छन् ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आगामी तीन दिन कोशी, मधेश र बागमती प्रदेशको केहि स्थानमा बर्षादको सम्भावना रहेको जनाएको छ । देशका पहाडी भू(भागका एक(दुई स्थानमा मेघगर्जनरचट्याङ्गसहित छिटपुटदेखि हल्का वर्षाको सम्भावना रहेको बुलेटिनमा उल्लेख छ ।

देशका विभिन्न जंगलमा लागेको डढेलो पानी परेका स्थानमा भने नियन्त्रणमा आएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार