गौरीशंकरमा ट्याक्टर दुर्घटना हुदाँ दुई जनाको मृत्यु, एक घाइते

  गौरीशंकर टाइम्स संवाददाता  205 पटक हेरिएको

दोलखा । गौरीशंकर गाउँपालिकामा शुक्रबार साँझ ट्याक्टर दुर्घटना भएको छ । गौरीशंकर गाउँपालिका ५, सुरीको तिनेखुबाट सिङ्गटी तर्फ आउँदै गरेको ट्याक्टर तिनेखुस्थित ठुलो चौतरामा दुर्घटना भएको हो ।

ट्याक्टर दुर्घटनामा परी दुई जनाको मृत्यु र एक जना घाइते भएका छन् । दुर्घटनामा मृत्यु हुनेहरुमा गौरीशंकर ५, सुरी निवासी चालक वुद्धवीर तामाङ र गौरीशंकर ५, भोर्ले निवासी अमृत तामाङ रहेका छन् । सोहि दुर्घटनामा परी गम्भीर घाइते भएका भोर्लेकै पेम्बा तामाङलाई उपचारका लागि सिंगटी पुर्याएको छ ।

गौरीशंकर गाउँपालिका कार्यलय जाने कच्ची सडक निर्माणका सामाग्री ढुवानी गरेर फर्किने क्रममा ट्याक्टर अनियन्त्रित भई दुर्घटना भएको हुनसक्ने ईलाका प्रहरी कार्यलय सिंगटीले जनाएको छ । दुर्घटना बारे थप अनुसन्धान भैइरहेको प्रहरीले जनाएको छ ।

त्यसैगरी, ट्याक्टर कच्ची सडकबाट करिव १०० मिटर तल झरेको थियोे ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार