सुरीको काप्ती खोला लघु जलविद्युतका कवाडी लिलाममा प्रशासनको रोक

  गौरीशंकर टाइम्स संवाददाता  610 पटक हेरिएको

दोलखा । जिल्ला प्रशासन कार्यलय दोलखाद्वारा काप्ती खोला लघु जलविद्युत आयोजनाको कवाडी लिलाममा रोक लगाएको छ । शुक्रबार आयोजनाको आम्दानी तथा खर्च विवरण सार्वजनिक गर्न माग गर्दै स्थानीय उपभोक्ताद्वारा प्रशासनमा उजुरी परेपछि कवाडी लिलाममा रोक लगाएको हो ।

गौरीशंकर गाउँपालिका ५, सुरीमा ११ वर्षअघि निमार्ण भएको ५० किलोवाट क्षमताको काप्ती खोला लघु जलविद्युत आयोजनाले साविक सुरी गाविसको १ देखि ५ नम्बर वडासम्मका स्थानीयले विद्युत सेवा लिदै आएका थिए । उक्त स्थानमा हाल केन्द्रीय प्रसारण लाइन पुगेको हुदा आयोजना बन्द रहेको स्थानीय उपभोक्ताले जनाएको छ ।

सो लघु जलविद्युत आयोजनाका सञ्चालक समितिले ११ लाख चौरासी हजार रुपैया ऋण छ भनि आयोजनाको कवाडी सामान बेचबिखन गर्न लागेको थियो । स्थानीय उपभोक्ताद्वारा आयोजनाका आम्दानी, खर्च विवरण सार्वजनिक नगरिएको भन्दै कवाडी लिलाम प्रक्रिया रोक्न प्रशासनमा निवेदन दिएका थिए ।

त्यसैगरी, सञ्चालक समितिले आयोजनाको कवाडी लिलामका लागि शुक्रबार टेण्डर खुलाउने तयारी गरेको थियो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार