इलाममा सुहाङलाई उम्मेदवार बनाउने एमालेको निर्णय

  गौरीशंकर टाइम्स संवाददाता  121 पटक हेरिएको

काठमाडौं । नेकपा एमालेले इलाम २ को उपचुनावमा सुहाङ नेम्वाङलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । आइतबार बसेको सचिवालय बैठकले रिक्त प्रतिनिधिसभाको वैशाख १५ गते हुने उपचुनावमा सुहाङलाई उम्मेद्धार बनाउने निर्णय गरेको हो ।

एमालेका तत्कालीन उपाध्यक्ष एवं संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको गत भदौ २६ मा निधनपछि इलामको क्षेत्र नं. २ रिक्त भएको थियो । उपचुनावका लागि उम्मेद्धवर बन्न लागेका सुहाङ दिवंगत नेता सुवासचन्द्रका कान्छा छोरा हुन् । आइतबार पार्टी कार्यालयमा बसेको सचिवालय बैठकको निर्णय सार्वजनिक गर्दै उपमहासचिव प्रदीप ज्ञवालीले नेम्वाङ योग्य भएकाले उपचुनावमा उम्मेद्धवार बनाउने निर्णय गरेको जानकारी दिनुभयो ।

पेशाले अधिवक्ता रहेका सुहाङले पछिल्लो समय इलाममा राजनीति गतिविधिसँगै भेटघाट र अन्तरक्रिया बढाएका छन् । इलाम निर्वाचन क्षेत्र नम्बर–२ मा आगामी बैशाख १५ गते उपनिर्वाचन हुँदैछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार