एसइई परीक्षा विहिबारदेखि हुदै, पाँच लाख बढी सहभागी हुने

  गाैरीशंकर टाइम्स संवाददाता  113 पटक हेरिएको

काठमाडौँ । यस वर्षको एसइई परीक्षा विहीबारदेखि सुरु हुदै छ । बिहीबारदेखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसइई) मा कूल ५ लाख, ४ हजार ४१४ परीक्षार्थी सहभागी हुदै छन् ।

माध्यमिक शिक्षा परीक्षा बोर्डका अनुसार चैत १५ गतेदेखि सुरु हुने परीक्षामा सामुदायिक तथा संस्थागत गरी १० हजार ८०६ विद्यालयका २ लाख ५० हजार ७७२ छात्रा, २ लाख ५३ हजार ६२७ छात्र र अन्य १५ जना परीक्षार्थी सहभागी हुनेछ । कूल परीक्षार्थीमध्ये ५०६ विद्यालयका १५ हजार ७४९ जना परीक्षार्थी प्राविधिक धारतर्फ रहेको बोर्डले जानकारी दिएको छ । परीक्षामा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका १५ जना परीक्षार्थी सहभागी हुदै छन् ।

त्यस्तै परीक्षा नियन्त्रण कार्यालयका एसइर्ई परीक्षा नियन्त्रक नन्दलाल पौडेलका अनुसार यसवर्ष जापानमा रहेको एभरेष्ट स्कूलका एक परीक्षा केन्द्रबाट १५ छात्रा र ८ छात्र गरी २३ जना विद्यार्थीले परीक्षा दिने भएका छन् । जापानको परीक्षा केन्द्र नेपाली दूतावासले परीक्षाको अनुगमन गर्ने भएको छ । जापानमा केन्द्र रहेको स्कूलको प्रिन्सिपललाई केन्द्राध्यक्षको जिम्मेवारी दिइएको छ । हुलाकमार्फतमा उत्तर पुस्तिका पठाइएको जापानमा परीक्षा सुरु हुनु अगाडि इमेलमार्फत प्रश्नपत्र पठाइने परीक्षा नियन्त्रक पौडेलले जानकारी दिएका छन् ।

त्यसैगरी, परीक्षाका लागि दुई हजार ६४ परीक्षा केन्द्र निर्धारण गरिएको छ जसमा सबैभन्दा कम मनाङ, मुस्ताङमा एक९एक केन्द्र तथा सबैभन्दा बढी काठमाडौँमा १२७ परीक्षा केन्द्र निर्धारण गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार