रोल्वालिङद्धारा काठमाडौं–लामाबगर एसी डिलक्स बस सञ्चालन

  गौरीशंकर टाइम्स संवाददाता  244 पटक हेरिएको

दोलखा । रोल्वालिङ यातायात सहकारी संस्थाद्धारा सञ्चालित रोल्वालिङ यातायातले एकैसाथ तीन वटा डिलक्स बस सञ्चालनमा ल्याएको छ । दोलखा–सिंगटीबाट सेवा सुरु गरेको रोल्वालिङले बिहीबारबाट नियमित काडमाडौं–लामाबगर क्षेत्रमा सञ्चालन हुने पहिलोपल्ट तीन वटा डिलक्स बस सञ्चालनमा ल्याएको हो ।

रोल्वालिङ यातायातको डिलक्स बस सेवा उद्घाटन भीमेश्वर नगरपालिकाका उपमेयर कमला बस्नेत, दोलखा उद्योग वाणिज्य संघका महासचिव सुरेश उप्रेती र पत्रकार महासंघ दोलखा अध्यक्ष दीपशंकर चौलागाइले संयुक्त रुपमा गरे । बसमा एसी सुविधासहितका डिलक्स सिट राखिएका छन् । रोल्वालिङ यातायात सेवा समिति अध्यक्ष मिङ्गुर शेर्पाले यात्रुलाई सहज सुविधा दिने उद्देश्यले डिलक्स बस थपिएको बताए ।

यी बसमा अन्य बसभन्दा भाडा २० प्रतिशतले बढी रहेको छ । एक यात्रुले काठमाडौंबाट लामाबगरसम्म पुग्न १ हजार १७५ रुपैयाँ भाडा शुल्क तोकेको छ । योसँगै रोल्वालिङसँग ६० वटा बस र १० वटा इभी भ्यान भएका छन् । रोल्वालिङले हाल काठमाडौंबाट दोलखाका विभिन्न गाउँमा सेवा दिँदै आएको छ ।

त्यसैगरी, रोल्वालिङले यसअघिनै चरिकोट र जिरीबाट बर्दीबास, वीरगन्ज र पशुपतिनगरसम्म सेवा दिँदै आएको छ । रोल्वालिङ यातायातले केही समयपछि चरीकोटबाट बागमती प्रदेशको राजधानी हेटौंडा र मधेस प्रदेश मुकाम जनकपुरसम्म सेवा दिन लागिएको कम्पनीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार