गौरीशंकर बहुमुखी क्याम्पसको ४३औ वार्षिक उत्सव सम्पन्न

  गौरीशंकर टाइम्स संवाददाता  119 पटक हेरिएको

दोलखा । सदरमुकाम चरिकोटमा रहेको जिल्लाकै जेठो शैक्षिक संस्था गौरीशंकर बहुमुखी क्याम्पसले ४३औ वार्षिक उत्सव सम्पन्न भएको छ । क्याम्पसले विहीबार सदरमुकाम चरिकोटमा स्थापनाको ४३ वर्षमा प्रवेश गरेको उपलक्ष्यमा विशेष कार्यक्रम आयोजना गरी वार्षिक उत्सव मनाइएको हो ।

क्याम्पस सञ्चालक समितिका अध्यक्ष अमृत राउतको अध्यक्षता भएको उद्घाटन समारोहलाई सञ्चार तथा सूचना प्रविधि पूर्वमन्त्री पार्वत गुरुङले उदघाटन गर्नुभएको थियो । कार्यक्रममा मेलुङ गाउँपालिकाका अध्यक्ष हिरा कुमार तामाङ, भीमेश्वर नगरपालिकाका उपमेयर कमला बस्नेत, क्याम्पसका संस्थापक अध्यक्ष आत्मकृष्ण श्रेष्ठ, क्याम्पस सञ्चालक समितिका पूर्वअध्यक्ष राजेन्द्र मानन्धर, नेकपा माओवादी केन्द्रका प्रवक्ता पुुष्कर अधिकारी, नेकपा एकीकृत समाजवादी दोलखाका अध्यक्ष भीम प्रसाद दहाल, राप्रपा नेपालका अध्यक्ष नवराज श्रेष्ठ, विद्यार्थी प्रतिनिधि सजिना दहाल लगायतले कार्यक्रममा शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

क्याम्पसले ४३ औ वार्षिक उत्सवको अवसर पारेर क्याम्पसको शैक्षिक उन्नतिका लागि महत्वपूूर्ण भूमिका निर्वाह गरेका व्यक्तित्वहरुलाई सम्मान गरिएको थियो । क्याम्पसका संस्थापक अध्यक्ष आत्मकृष्ण श्रेष्ठ, पूर्वअध्यक्ष राजेन्द्र मानन्धर, पूर्वसहायक क्याम्पस प्रमुख सुवास रिमाल र उत्कृष्ट प्राध्यापक तथा कर्मचारीलाई समेत सम्मान गरिएको थियो । क्याम्पसका सहायक प्राध्यापकहरु बालकृष्ण फूँयाल र समीरा बस्नेतलाई सम्मान गरेको छ भने कर्मचारीतर्फ लेखा, प्रशासन प्रमुुख राजकुमार सुवेदीलाई सम्मान गरिएको क्याम्पस प्रमुख शान्त केसीले जानकारी दिनुभयो ।

त्यसैगरी, क्याम्पसको वार्षिक दिवसको अवसरमा आयोजना गरिएको विभिन्न अतिरिक्त क्रियाकलापको पुरस्कार वितरण गरिएको थियो । कार्यक्रममा विद्यार्थीहरुले गीत संगीत तथा नृत्य प्रस्तुत गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार