इलाम-२ मा रास्वपाका उम्मेदवार मिलन लिम्बू सिफारिस

  गौरीशंकर टाइम्स संवाददाता  151 पटक हेरिएको

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) ले वैशाख १५ गते हुने इलाम–२ को उपनिर्वाचनमा मिलन लिम्बुलाई उम्मेदवार बनाएको छ । बिहिबार सबै ६ प्रारम्भिक उम्मेदवारसँग छलफल गरेपछि बाँकी पाँच जनाले आफ्नो उम्मेदवार फिर्ता लिएपछि लिम्बुलाई उम्मेदार बनाएको हो ।

इलाम–२ का लागि रास्वपाको प्रारम्भिक उम्मेदवारमा गोकुल बहादुर राई, जमुना शर्मा, महेन्द्र कुमार थापा, मान बहादुर घिमिरे, मिलन लिम्बु र डा. शेष नारायण न्यौपाने रहेको महामन्त्री डा. मुकुल ढकालले जानकारी दिएका छन् । उनीहरुले नाम फिर्ता लिएपछि लिम्बुलाई सर्वसम्मत उम्मेदवार घोषणा गरेका महामन्त्री ढकालले जानकारी दिए ।

रास्वपाले इलाम–२ को उपचुनावका लागि सिफारिस उम्मेदवर लिम्बु पत्रकार महासंघका महासचिव हुन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार