अप्पर तामाकोशीमा कार्यरत प्राविधिक गिरी करेन्ट लागेर घाइते

  गाैरीशंकर टाइम्स संवाददाता  198 पटक हेरिएको

दोलखा । अप्पर तामाकोशी हाइड्रोपावरको हाइ टेन्सन लाइनमा काम गर्ने आयोजनाका एक कर्मचारी करेन्ट लागेर घाइते भएका छन् । तामाकोशी आयोजनामा प्राविधिकको काम गर्दै आएका २६ वर्षीय राजेन्द्र गिरी करेन्ट लागेर घाइते भएका हुन् ।

दोलखाको बिगु गाउँपालिका ४, लादुकका प्राविधिक गिरी आज विहान करिव साँढे ११ बजे लामावगरमा हाइ टेन्सन लाइनको काम गर्ने क्रममा एक्कासी करेन्ट लागेर घाइते भएको जिल्ला प्रहरी कार्यलय दोलखाले जनाएको छ । प्रहरीका अनुसार घाइतेको अवस्था मध्यम रहेको छ ।

आयोजनाका अनुसार काम गर्नेक्रममा दुर्घटना भएको र घाईतेलाई हेलिकोप्टर मार्फत काठमाडौंस्थित मेडिसिटि अस्पतालमा उपचार भइरहेको जनाएको छ । प्राविधिक गिरीको अवस्था खतरामुक्त रहेको आयोजनाले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार