उपत्यकामा हावाहुरीसहित वर्षा

  गौरीशंकर टाइम्स संवाददाता  138 पटक हेरिएको

काठमाडौं । काठमाडौंमा शनिबार बेलुका हावाहुरीसहित वर्षा सुरु भएको छ । काठमाडौंका उपत्यकाका अधिकांश ठाउँमा हावाहुरीसहित वर्षा भईरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ  ।

हाल नेपालमा पश्चिमी र स्थानीय वायु तथा दक्षिण आसाम आसपासको न्यूनचापीय क्षेत्रको प्रभाव रहेको हुदाँ मौसम बद्ली भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशको विभिन्न भागमा हावाहुरीसहित चट्याङ र असिना पानी परेको छ ।

त्यस्तै हिमालि भेगका थोरै स्थानहरुमा हल्का हिमपात भएको मौसमविद्हरुले जनाएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार