पाल्पामा हावाहुरीले रुख भाँचिदा एक जनाको मृत्यु

  गौरीशंकर टाइम्स संवाददाता  112 पटक हेरिएको

काठमाडौं । पाल्पामा वर्षासहित आएको हावाहुरीले रुख भाचिदा एक जनाको मृत्यु भएको छ । शनिवार बेलुका एक्कासी मौसम बद्ली भई वर्षासति आएको हावाहुरीले रुख भाँचिदा तानसेन कैलाशनगरका २० वर्षीय भुवन सिंजालीको मृत्यु भएको हो ।

पाल्पा सिद्धार्थ राजमार्गको तानसेन बुटवल खण्ड अन्तर्गत तानसेन ८ जरेपिपल नजिकै प्रतिक्षालयमा ओत लागेर बसेका बसेका सिंजालीको रुखले किचेर घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ ।

त्यसैगरी, पाल्पा तानसेन जादै गरेका लु ८१ प ११३६ नम्बरको स्कुटरमा सवार सिंजाली हावाहुरी र वर्षा भएपछि ओतका लागि प्रतिक्षालयमा बसेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार