पेट्रोलको मूल्य लिटरमै ४ रुपैयाँ बढ्यो

  गौरीशंकर टाइम्स संवाददाता  137 पटक हेरिएको

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ । निगमले आइतबार रातिदेखि लागु हुने गरी पेट्रोलको मूल्य प्रतिलिटर चार रुपैयाँले बढाएको छ ।

आइतबार इन्डियन आयल कर्पोरेसनबाट प्राप्त नयाँ मुल्यसुची मूल्य अनुसार पेट्रोलको मूल्यमा प्रतिलिटर ४.७६ रुपैयाँले बढेर आएपछि नेपालमा पनि बढाइएको निगमले जनाएको छ । डिजेल र मट्टीतेलको मूल्य प्रतलिटर ०.३९ रुपैयाँ, हवाई इन्धनको मूल्य ०.३८ रुपैयाँ र एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर २७.४४ रुपैयाँले घटेर आए पनि अहिलेलाई मुल्य यथावत् राखिएको निगमले बताएको छ ।

मूल्य बढेसँगै पहिलो वर्गअन्तर्गत चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगन्जमा पेट्रोलको मूल्य प्रतिलिटर १७२।५० रुपैयाँ पुगेको छ । दोस्रो वर्गअन्तर्गत सुर्खेत र दाङमा पेट्रोलको मूल्य प्रतिलिटर १७४ रुपैयाँ पुगेको छ ।

त्यस्तै तेस्रो वर्गअन्तर्गत काठमाडौं, पोखरा र दिपायलमा पेट्रोलको मूल्य प्रतिलिटर १७५ रुपैयाँ पुगेको छ । निगमका अनुसार एलपी ग्यासमा निगमलाई अहिले प्रतिसिलिन्डर २९६ रुपैयाँ घाटा रहेको जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार