१५औ तमू एकता दिवस सम्पन्न, फोटोफिचरसहित

  गौरीशंकर टाइम्स संवाददाता  156 पटक हेरिएको

किशोर कुमार गुरुङ, काठमाडौं । तमू ह्यूल छोँज धीँ, गुरूङ राष्ट्रिय परिषद्ले १५औँ तमू एकता दिवस मनाएको छ । आइतबार तमू एकताको १५ बर्ष पुगेको अवसरमा तमू ह्यूल छोंज धीं गुरुङ राष्ट्रिय परिषद केन्द्रीय कार्यसमितिले १५औं एकता दिवस मनाएको हो ।

देशभरका गुरूङ समुदायहरु बीच एकता कायम राख्न दुई संस्थाहरु तमू छोंज धीँ र गुरुङ राष्ट्रिय परिषद बीच २०६५ चैत १५ देखी १८ गतेसम्म चितवनमा ऐतिहासिक प्रथम तमू एकता राष्ट्रिय महाधिवेशन भएको थियो । त्यस अवसरमा तमू समुदायले हरेक वर्षको चैत १८ गते तमू एकता दिवस मनाउँदै आएका छन् ।

तमू ह्यूल छोंज धीं गुरुङ राष्ट्रिय परिषदका केन्द्रीय अध्यक्ष कर्ण बहादुर गुरुङको अध्यक्षतामा सम्पन्न एकता दिवस कार्यक्रममा तत्कालीन तमू छोंज धींका उपसभापति एवम् संरक्षक परिषदका सदस्य क्या. घमान सिंह गुरुङ, संरक्षक परिषद सदस्य डिबि गुरुङ, अनुगमन समितिका तिर्थ गुरुङ, कानुनी सल्लाहकार एवं नेपाल सरकारका पुर्व उपसचिव खडक बहादुर गुरुङ, सल्लाहकार चन्द्रकला गुरुङको उपस्थिती रहेको थियो । कार्यक्रममा, विभिन्न तमू संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधिहरु लगायत केन्द्रीय कार्यसमितिका पदाधिकारीहरु तथा तमू बुद्धिजीविहरुको पनि उपस्थिति थियो ।

संस्थाको महासचिव डम्बर बहादुर गुरुङले संचालन गर्नु भएको औपचारिक कार्यक्रममा संस्थाका वरिष्ठ उपाध्यक्ष आर.बि. गुरुङले स्वागत मन्तव्य राख्नु भएको थियो । कार्यक्रममा लामा गुरुङ सेवा समाज काठमाडौंका अध्यक्ष महेन्द्र गुरुङ, तमु ह्यूल छोंज धीँ ललितपुरका अध्यक्ष हर्क गुरुङ, संखुवासभा तमू समाजका अध्यक्ष दुर्गीमाया गुरुङ, तमू समाज नुवाकोटका अध्यक्ष इन्द्र बहादुर गुरुङ, बागमती प्रदेशका अध्यक्ष झमक गुरुङ, तमु होटेल व्यवसायी संघका अध्यक्ष तम बहादुर गुरुङ र तमु कलाकार संघ नेपालका उपाध्यक्ष सागर गुरुङ लगायतले मन्तव्य राख्नु भएको थियो ।

तमू छोंज धींका तत्कालीन उपसभापति एवं वर्तमान तमू ह्यूल छोंज धींका संरक्षक परिषद सदस्य गुमान सिंह गुरुङ र संरक्षक परिषद सदस्य डिबि गुरुङले तमू समुदायको भावनालाई बलियो र मुद्धालाई निर्णयक बनाउन तमू एकताको अपरिहार्य भएको बताउनु भयो । एकता नै बल भएको हुदाँ देशभरका तमूहरु अझै एकताबद्ध भएर अगाडी बढ्नु पर्ने अध्यक्ष कर्ण बहादुर गुरुङले बताउनु भयो । अध्यक्ष गुरुङले आफ्नो विश्राम गर्ने समय भएतापनि तमू समुदायको एकता र हक अधिकारको लागि लडिरहेको, गुरुङ समुदायका क्यान्सर पिडितलाई संस्था एवं व्यक्तिगत तर्फबाट निःशुल्क सहयोग गरेको पनि बताए । उनले तमू ह्यूल छोंज धीँ गुरुङ राष्ट्रिय परिषद र तमू धीँ नेपाल बीच छिट्टै एकता हुने बताउनु भयो ।

त्यस्तै, तमू एकता दिवस देशभरी विभिन्न कार्यक्रम गरी मनाएको छ । तमू समुदायले चितवन, लम्जुङ, कास्की, स्याङ्जा, तनहुँ, नवलपरासी, रुपन्देही, गोरखा, धादिङ, सिन्धुपाल्चोक, रामेछाप लगायतका जिल्लाहरुमा विभिन्न कार्यक्रम गरी एकता दिवस मनाएका थिए ।

फोटोफिचर

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार