माओवादी केन्द्र दोलखाको संयोजकमा श्रेष्ठ र सचिवमा फुयाँल

  गौरीशंकर टाइम्स संवाददाता  119 पटक हेरिएको

दोलखा । नेकपा माओवादी केन्द्र दोलखाको संयोजकमा कमल श्रेष्ठलाई चयन गरिएको छ । माओवादी केन्द्र दोलखाको आज बसेको बैठकले नेता श्रेष्ठलाई जिल्ला संयोजकमा चयन गरिएको हो ।

त्यस्तै संयोजकमा चयन भएका श्रेष्ठ यसअघि सचिव रहेको थियो । आजको बैठकले पार्टी कमिटीकोे सचिवमा भने सन्तोष फुयाँललाई जिम्मेवारी दिएका छन् ।

नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समिति दोलखाको इन्चार्ज विशाल खड्काको उपस्थितिमा बसेको विस्तारित बैठकले जिल्ला संयोजक र सचिवको जिम्मेवारी तोकेको हो । बैठकले पार्टीलाई सक्रिय बनाउनका लागि जिल्लाको आगामी योजना समेत तयार गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार