दोलखामा आजदेखि दोस्रो जिरी महोत्सव सुरु

  गौरीशंकर टाइम्स संवाददाता  1200 पटक हेरिएको

दोलखा । आजदेखि पर्यटकीय नगरी जिरीमा दोस्रो महोत्सव सुरु भएको छ । आजदेखि दोलखाको पर्यटकीय नगरी जिरीमा १० दिने दोस्रो जिरी महोत्सव २०८० सुरु भएको हो ।

जिरी उद्योग बाणिज्य संघको आयोजनामा सुरुभएको महोत्सव उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले उद्घाटन गर्नुभयो । उद्घाटन सत्रमा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय उपाध्यक्ष सुरकृष्ण वैद्य, पूर्वमन्त्री एवं एमाले नेता पार्वत गुरुङ, संविधानसभा सदस्य एवं नेपाली कांग्रेस केन्द्रिय सदस्य जिपछिरिङ लामा, बागमती प्रदेशका पूर्वमन्त्री एवं माओवादी केन्द्रका केन्द्रिय सदस्य विशाल खड्का, राष्ट्रिय सभाका सांसद घनश्याम रिजाल, बागमती प्रदेशसभाका सांसद भरत केसी सहभागिता थियो ।

त्यस्तै जिल्ला समन्वय समिति दोलखाका प्रमुख बर्जुराम घतानी, भीमेश्वर नगरप्रमुख इश्वर नारायण मानन्धर, जिरी नगरप्रमुख मित्र बहादुर जिरेल लगायत दोलखाका ९ वटै स्थानीय तहका प्रमुख एवं उपप्रमुखहरुको सहभागीता थियो । कार्यक्रममा उद्योग वाणिज्य संघका सदस्य, प्रदेशका पदाधिकारी, उद्योग वाणिज्य संघ दोलखाका अध्यक्ष लगायत उद्योगी व्यवसायिहरुको समेत सहभागीता थियो ।

नेपालको स्वीजरल्याड एवं सगरमाथाको प्रवेशद्धार समृद्ध जिरी निर्माणमा अर्गानिक कृषि, पर्यटन र उद्योग छन् आधार भन्ने नाराका साथ सुरु भएको महोत्सवको उद्धघाटनमा जिरेल, सुनुवार, शेर्पा लगायतका जातजातिले आफ्नै भेषभूषामा नृत्य प्रदर्शन गरेका थिए । हाटडाँडा बजारबाट विभिन्न जातजातिको झाँकी नाच र बाजागाजा, र्याली सहित स्थानीय महोत्सव स्थलमा पुगेका थिए । आज महोत्सवको पहिलो दिन उद्घाटन सत्र सम्पन्न भएको छ । महोत्सवको करिब ५० हजार दर्शकले अवलोकन गर्ने आयोजकको बताएको छ ।

महोत्सवमा भोलीदेखि राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुती रहनेछ । महोत्सवमा ८० वटा स्टलहरु राखिएको छ । जसमा स्थानीय उत्पादनदेखि विभिन्न प्रकारका सामाग्रीहरु प्रदर्शनीमा राखिएको छ । महोत्सव २३ गते शुक्रबारदेखि बैशाख २ गतेसम्म चल्नेछ । यसअघि जिरीमा १२ वर्षअघि २०६८ सालमा पहिलो जिरी महोत्सव भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार