उपनिर्वाचनका लागि इलाममा २०, बझाङमा १२ जनाको मनोनयन

  गौरीशंकर टाइम्स संवाददाता  165 पटक हेरिएको

काठमाडौँ । आगामी वैशाख १५ गते हुने उपनिर्वाचनका लागि इलाम र बझाङमा मनोनयन भएको छ । उपनिर्वाचनका लागि शनिबार इलाम र बझाङ जिल्लाका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा शान्तिपूर्ण रुपमा उम्मेदवारको मनोनयन भएको हो ।

आयोगका अनुसार इलाम प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं २ को उपनिर्वाचनका लागि १२ राजनीतिक दलबाट १२ र आठ स्वतन्त्र उम्मेदवार गरी कुल २० जनाको मनोनयनपत्र दर्ता भएको छ । इलाममा बीसै जना पुरुष रहेका छन् ।

त्यस्तै बझाङ निर्वाचन क्षेत्र नं १ को प्रदेशसभा निर्वाचन क्षेत्र नं १ को प्रदेशसभा सदस्य उपनिर्वाचनका लागि १२ राजनीतिक दलबाट १२ जनाको मनोनयनपत्र दर्ता भएको आयोगले जनाएको छ । जसमध्ये एक महिला र ११ पुरुष छन् ।
आयोगका अनुसार चैत २५ गते उम्मेदवारको विरोधमा उजुरी दिने, मनोनयनपत्र र उजुरी उपर जाँचबुझ गर्ने र उम्मेदवारको नामावली प्रकाशन गर्ने, चैत २७ गते उम्मेदवारको नाम फिर्ता लिने र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने तथा उम्मेदवारलाई निर्वाचन चिह्न वितरण गर्ने कार्यक्रम रहेको छ ।

त्यसैगरी, आगामी वैशाख १५ गते शनिवारका दिन बिहान ७ देखि साँझ ५ बजेसम्म सम्बन्धित मतदान केन्द्रमा मतदान हुने आयोगले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार