मातृभाषी चलचित्र प्रबर्द्धनमा रबिन गुरुङ मनोनित

  गौरीशंकर टाइम्स संवाददाता  219 पटक हेरिएको

काठमाडौं । आदिवासी जनजाति मातृभाषी चलचित्र प्रबर्द्धन समितिका सदस्यमा चलचित्र निर्देशक रबिन गुरुङलाई मनोनित गरेको छ । आदिवासी जनजाति चलचित्र महासंघले स्थापना दिवसका अवसरमा गुरुङ चलचित्रका निर्देशक रबिन गुरुङलाई मातृभाषी चलचित्र प्रबर्द्धन समितिको सदस्यमा मनोनित गरेको हो ।

चलचित्रकर्मी निर्देशक गुरुङले विभिन्न आदिवासी जनजाति तथा गुरुङ फिल्म निमार्ण गरी नायकको भुमिका निर्भाह गरी सक्नुभएको छ । निर्देशक गुरुङ तमू सञ्चारकर्मी संघका पूर्वअध्यक्ष र गोरखापत्रमा प्रकाशित हुने गुरुङ भाषा समाचारका सम्पादक समेत हुन । उनले जनजाति समुदायमा आधारित विभिन्न चलचित्रमा अभिनय गरिनुका साथै कौडा गीतहरु गाउनु र भिडियोहरुमा अभिनय समेत गरेका छन् । महासंघले आइतबार काठमाडौंको चाबहिलस्थित चलचित्र विकास बोर्डमा एक समारोहको आयोजना गर्दै पन्ध्र वर्षपछि स्थापना दिवस मनाएको थियो ।

आदिवासी जनजाति चलचित्र महासंघका अध्यक्ष पुर्खजित राईको अध्यक्षतामा सम्पन्न स्थापना दिवसमा महासंघका संस्थापक साथै महासंघमा आवद्ध विभिन्न आदिवासी जनजाति सम्वद्ध चलचित्रकर्मी संघसंस्थालाई सम्मान गरिएको थियो । कार्यक्रममा बोल्दै महासंघका अध्यक्ष राईले संस्थाका जन्मदाताको योगदानको स्मरण र कदर गर्दै स्थापना दिवस मनाइएको बताउनु भयो । संस्थामा आवद्ध भएपछि त्यसका जन्मदाताहरुलाई चिन्नु, नयाँ पुस्ताले अग्रजहरु चिनुन्, संस्थाको इतिहास थाहा पाओस् भनेर स्थापना दिवस मनाएको अध्यक्ष राईले बताए ।

त्यसैगरी, चलचित्र महासंघमा हाल संस्थापक संस्था ६ वटासहित विभिन्न आदिवासी जनजाति समुदायबाट १४ वटा चलचित्रकर्मी संस्थाहरु आवद्ध रहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार