हर्बल उत्पादक संघको अध्यक्षमा सरस्वती राई निर्वाचित

  गौरीशंकर टाइम्स संवाददाता  194 पटक हेरिएको

काठमाडौं । नेपाल हर्ब्स तथा हर्बल उत्पादक संघ (नेहपा)को अध्यक्षमा सरस्वती राई निर्वाचित भएकी छन् । संघको सोमबार काठमाडौँमा सम्पन्न भएको १८औँ वार्षिक साधारण सभाबाट अध्यक्षमा राई सर्वसम्मत निर्वाचित भएकी हुन् ।

अध्यक्ष राई नेपाली कागजका विभिन्न सामग्री र जडीबुटीका सुगन्धित तेललगायतका सामग्री निर्यात गर्दै आएको हिमालयन बायो ट्रेड प्रा.लि.का प्रबन्ध निर्देशक हुन् । संघको नयाँ कार्यसमितिका वरिष्ठ उपाध्यक्षमा लैकु लामा, प्रथम उपाध्यक्षमा प्रसुन सत्याल, द्धितिय उपाध्यक्षमा नवराज शर्मा, महासचिवमा प्रवीणकुमार बास्तोला, सचिवमा शोभाकान्त बस्याल र कोषाध्यक्षमा सकलसिंह रोकाया चयन भएका छन् ।

त्यस्तै संघको सदस्यहरुमा मिनाकुमारी लामा, डिबी सुनार, सञ्जीव पाण्डे, वसन्त पण्डित, राधा दाहाल, गङ्गा वाग्ले दाहाल, बिन्ती गुरुङ, निखिल खण्डेलवाला, पर्सुराम आचार्य चयन भएका छन् ।

त्यसैगरी, हर्बल संघको अध्यक्ष पे्रमराज तिवारीको अध्यक्षतामा सम्पन्न साधारणसभामा उद्योग ,वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीको प्रमुख आतिथ्य रहनुभएको थियो । कार्यक्रममा पूर्वमन्त्री एवं नेहपाको पूर्वअध्यक्ष पार्वत गुरुङ, निवर्तमान अध्यक्ष एवं निर्यात व्यवसायी महासंघ नेपालको उपाध्यक्ष गोविन्द प्रसाद घिमिरे, विभिन्न संघसंस्थाका प्रतिनीधिहरु लगायतको उपस्थिति रहेको थियो ।

संघको वार्षिक साधारणसभा उद्घाटन गर्नुहुर्दै उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी र पूर्वसञ्चारमन्त्री पार्वत गुरुङले उद्योगमैत्री कानुन निर्माण गरी लगानीमैत्री वातावरण बनाउन पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । कार्यक्रममा उत्कृष्ट निर्यात कर्ता एवं स्थानीय व्यावसायीलाई समेत सम्मान गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार