आज नयाँ वर्ष २०८१, शुभकामना आदनप्रदान गरी मनाइँदै

  गौरीशंकर टाइम्स संवाददाता  182 पटक हेरिएको

किशोर कुमार गुरुङ, काठमाडौं । आज नेपाली नयाँ वर्ष २०८१ मनाइँदैछ । हरेक वर्ष वैशाख १ गते नेपाली संस्कृतिमा हर्षोल्लासका साथ शुभकामना आदनप्रदान गरी नयाँ वर्ष मनाइन्छ ।

नेपाली वि.स. पात्रोअनुसार सौर्यमानक हिसाबले वैशाख १ गते नयाँ वर्ष मनाइन्छ भने चन्द्रमानक हिसाबले चैत्र शुक्ल प्रतिपदा तिथिका दिन नयाँ वर्ष मनाइन्छ । नयाँ वर्षका अवसरमा एकआपसमा सद्भावका तथा आदानप्रदान गर्ने गरिन्छ ।

नयाँ वर्षको अघिल्लो साँझ साथीभाइ, इष्टमित्र भेटघाटसहित रमाइलो गरी वर्षान्त पनि मनाइन्छ। नयाँ वर्षमा धार्मिक आस्था राख्नेहरुले मठमन्दिरमा गई पूजाआजा गर्ने पनि गर्दछन् ।

विगतका कामको समीक्षा गर्दै कमजोरी सुधारेर नयाँ जोश र जाँगरका साथ आफ्नो कर्मक्षेत्रमा लाग्न नयाँ वर्षका अवसरमा अठोट गर्ने गरिन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार