दोलखा–काठमाडौं सम्पर्क मञ्चको नेतृत्वमा उमेश खड्का निर्वाचित

  गौरीशंकर टाइम्स संवाददाता  185 पटक हेरिएको

काठमाडौं । नेकपा एमाले दोलखा–काठमाडौं सम्पर्क मञ्चको अध्यक्षमा उमेश खडका निर्वाचित भएको छ । सम्पर्क मञ्चको १२औं सम्मेलनमा बिहीवार भएको निर्वाचनबाट अध्यक्षमा खडका निर्वाचित भएका हुन् ।

मञ्चको उपाध्यक्षमा ऋषि बुढाथोकी, महिला उपाध्यक्षमा सरीता शिवाकोटी, सचिवमा नारद खडका, सहसचिवमा मोतिलाल मोक्तान र महिला सहसचिवमा कबिता फुँयाल र कोषाध्यक्षमा केशव आचार्य निर्वाचित भएका छन । मञ्चको भुगोल, खुल्ला, समाबेशी, महिला र दलितबाट गरी कुल ३१ सदस्यीय कमिटी निर्वाचित गरिएको छ ।

सम्मेलनको निर्वाचन अधिकृत सरोज मोहन लामाले आइतबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा निर्वाचित कमिटीको पद तथा गोपनीयताको शपथ ग्रहण कार्यक्रम सम्पन्न गरेको बताउनु भयो । सम्मेलनबाट नेतृत्वका लागि ५ दिनसम्म सहमतिको प्रयास गर्दा पनि संभव नभएपछि निर्वाचनबाट नेतृत्व चयन गरिएको समेत निर्वाचन अधिकृत लामाले बताउनुभयो ।

त्यसैगरी, चैत २६ गते शनिवार सहसंयोजक भगवान न्यौपानेको अध्यक्षतामा भएको १२औ सम्मेलन एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले उदघाटन गर्नुभएको थियो । उदघाटनमा पूर्व सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित, पूर्वपर्यटनमन्त्री आन्नदप्रसाद पोखरेल, पूर्वसञ्चारमन्त्री पार्वत गुरुङ, बागमती प्रदेश सदस्य भरतबहादुर केसी लगायत जिल्लाका नेता तथा कार्यकताहरुको उपस्थिती रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार