नागढुंगा–सिस्ने खोला सुरुङमार्ग ‘ब्रेक थ्रुु’

  गौरीशंकर टाइम्स संवाददाता  180 पटक हेरिएको

काठमाडौं । देशकै राष्ट्रिय गौरवको आयोजना नागढुंगा–सिस्ने खोला सुरुङमार्गको मुख्य सुरुङ २.६८८ किलोमिटरको सोमबार ब्रेक थ्रुु गरिएको छ । सोमवार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को उपस्थितिमा औपचारिक कार्यक्रमका बीच सुरुङ ‘ब्रेक थ्रू’ गरिएको हो ।

आयोजना पूर्ण निर्माण सम्पन्न भएर सवारी साधन चल्ने अवस्थासम्म पुग्नका लागि भने अझै केही समय लाग्ने निर्माण कम्पनीले जनाइएको छ । आयोजना निर्माणको सुरुआती सम्झौताअनुसार काम सुरु भएको ४२ महिनाभित्र अर्थात् गत वर्ष वैशाखमै निर्माण सम्पन्न भइसक्नुपर्थ्यो ।

सुरुङ प्रयोगकर्ता काठमाडौंको बलम्बु हुँदै धादिङको सिस्नेखोलासम्म छोटो समयमै आउजाउ गर्न सकिने छ । आपतकालीन सुरुङबाट मुख्य सुरुङमा आउजाउ गर्न मिल्ने ७ वटा ढोका छन् ।

सुरुङमार्ग निर्माण गर्न २०७६ असोज ६ गते जापानीज कम्पनी हाज्मा–आन्दो र सरकारबीच सहमति भएको थियो । धादिङतर्फको जग्गा समस्या, स्थानीयको अवरोध, कोरोना लगायतको कारणले निर्माणमा ढिलाइ भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार